स्थापना दिवसमा ज्येष्ठ सदस्यलाई सम्मान
सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले आफ्ना ज्येष्ठ सदस्यहरूलाई सम्मान गरेको छ । १९औं स्थापना दिवसको अवसरमा ७० वर्ष पूरा भएका ४८ जना सदस्यहरूलाई बुधवार सम्मान गरिएको हो ।
बुधवार सुर्खेत उपत्यकाभित्रका सदस्यहरूलाई सम्मान गरिएको र उपत्यकाभन्दा बाहिर र जिल्ला बाहिरका शाखाहरूमा आवद्ध ज्येष्ठ सदस्यहरूलाई पनि सम्मान गर्ने योजना रहेको संस्थाका कार्यकारी प्रबन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए । वातावरणका सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा गरी १३ वटा शाखा कार्यालय तथा ३१ हजारभन्दा बढी सदस्यहरू रहेका छन् ।
सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सहकारी रजिष्टार कार्यालयका रजिष्टार खेमराज आचार्यले वातावरणले चुनौतीका साथ राज्यको समेत पहुँच नपुगेको क्षेत्रमा गएर प्रभावकारी किसिमले वित्तीय लगायतका सामाजिक सेवाका क्रियाकलापहरू सञ्चालन गरेको बताए । संस्था सञ्चालक समितिका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरणले लघुवित्त कार्यक्रमको माध्यमबाट विपन्न वर्गका महिलाहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थालाई सुधार गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए ।
प्रकाशित मितिः ३ चैत्र २०७८, बिहीबार ०५:०२
साझा बिसौनी ।