आज होली पर्व
फागु पर्वमा धार्मिक र साँस्कृतिक पक्षमा आँच पुर्याउने जस्ता अवाञ्छित कार्य नगर्न प्रशासनको अनुरोध
सुर्खेत: पहाडी जिल्लामा आज फागु पर्व (होली) मनाइँदैछ । फागु पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । परम्परागत रूपमा विभिन्न रङ र लोला खेली यो पर्व मनाउने चलन छ । होली रङ्गहरूको पर्व हो । पहाडमा आज मनाइने भए पनि तराईंका जिल्लाहरूमा भने भोलि (शुक्रवार) होली मनाइने छ ।
होलीको धार्मिक तथा साँस्कृतिक महत्व रहेको मानिन्छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा होली पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिकी प्रतिक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय सुर्खेतले होली पर्वलाई व्यवस्थित रूपमा मनाउन अनुरोध गरेको छ । प्रशासनले बुधवार एक सूचना जारी गर्दै फागु पर्वमा धार्मिक र साँस्कृतिक मूल्य÷मान्यतामा आँच पु¥याउने जस्ता अवाञ्छित कार्य नगर्न आग्रह गरेको हो । इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, फोहोर पानी तथा रासायनिक पदार्थ छ्याप्ने र बाटो अवरुद्ध हुने गतिविधि नगर्न सचेत गराएको छ । होलीमा अराजक गतिविधि भए/गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने समेत प्रशासनले जनाएको छ ।
प्रकाशित मितिः ३ चैत्र २०७८, बिहीबार ०५:०१
साझा बिसौनी ।