मुक्तक

मुटुभरी तिम्रै नाम मैले कारेर के भो 
चलिराछ धड्कन छाती फोरेर के भो 
गयौ साटै डाँडाकाटी नफर्कने गरेर 
मैले मात्र तिमीसँग मुटु जोडेर के भो । 
उदास उदास मेरो जिन्दगीमा तिम्रो प्रवेश भएपछि 
ठाउँ नभए पनि स्वीकार गर्न म पनि विवश भएपछि 
यो अमर मायाको बगान गाओस् सारा दुनियाँले 
रुमी र जुलियट मरेको दिन प्रेम दिवस भएपछि 
तिम्रो अनि मेरो जिन्दगीको बाटो बदलिए पनि
खै कस्तो होला यो धर्तीको माटो बदलिए पनि 
सधैं तिम्रो उन्नती नै चाहन्छु म जहिले पनि 
जिउने आधार जिन्दगीको पाटो बदलिए पनि 
तिमीले दिएइको गुलावको फुल सुक्नसक्छ
फूल जस्तै मेरो कोमल मन दुख्न सक्छ 
सम्हालेर राख तिमीसँग पनि केह िछ मेरो नासो 
हाम्रो यो सम्बन्ध समाजसँग झुक्नसक्छ ।
प्रेम सानु ‘सोनी’’
बजेडिचौर–७, सिम्ता, सुर्खेत 
प्रकाशित मितिः   २२ फाल्गुन २०७२, शनिबार १०:३१