वेदना (कविता)

जनयुद्ध अत्कै छाडी दिल्ली साइत सा¥यौं । 
संसदवादी हुने भए गरीबलाई किन मा¥यौं । 
सहिदको रगत पोल्छ छिपेका कुरा खेल्छ । 
पर्खी हुर्न सक्पनुपर्छ माटोले के–के बोल्छ । 
सुनको पितल हुनेभए पाइन किन चोप्नु । 
भोलिपल्ट रुनेभए मौका किन छोप्नु । 
आमालाई रुवाएर संसार किन पुग्नु । 
जाँ जाने हो आफै जानु अ किन ढुक्नु । 
आफ्नै माटो आफ्नै बाटो हिँड्न सक्नुपर्छ । 
सच्चा माओवाद के हो ? चिन्न सक्नुपर्छ । 
अवसरवादी ढुमुले माओवादी हुन । 
आफ्नै बाटो हिँड्नेलाई कसैले छुन्न । 
नरेश्वर अधिकारी 
वीरेन्द्रनगर–२१, बस्तीपुर, सुर्खेत
प्रकाशित मितिः   २२ फाल्गुन २०७२, शनिबार १०:३४