एक वर्षभित्रै १३२ केभी लाइन विस्तार
सुर्खेत: नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले अबको एक वर्षभित्रै कर्णालीमा १३२ केभी प्रशारण लाइन विस्तार गरिसक्ने बताएका छन् । शनिवार कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीसँगको भेटमा कोहलपुर–सुर्खेतको जोड्ने उक्त विद्युत प्रसारणलाइन विस्तारमा देखिएका समस्या र समाधानका विषयमा आफू जानकार रहेको बताएका हुन् ।
उनले भने, ‘कर्णालीका साविकका पाँच जिल्लामा दुई–दुई मेगावाटका सोलार प्लान्ट स्थापना गर्ने प्रक्रियाको पनि थालनी भएको छ ।’ कैलालीको सोल्टा र दाङ हुँदै सल्यानबाट समेत ३३–३३ केभी प्रसारणलाइन ल्याउने प्रक्रिया सुरु गरि सकिएको जानकारी दिए ।
भेटका क्रममा मुख्यमन्त्री शाहीले घिसिङलाई कर्णालीमा विद्युत उत्पादनको सम्भावना धेरै भए पनि हाल आठ मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको जानकारी गराएका थिए । साथै अहिलेको ३३ केभी प्रसारण लाइनका कारण कर्णालीबासीले विद्युतको ठूलो समस्या भोगिरहेको कुरा पनि घिसिङ समक्ष राखेका थिए ।
प्रकाशित मितिः २९ फाल्गुन २०७८, आईतवार ०५:०२
साझा बिसौनी ।