बुद्धिजीवी परिषद्‍मा नयाँ नेतृत्व

सुर्खेत: नेपाल बुद्धिजीवी परिषद् जिल्ला समिति सुर्खेतमा नयाँ नेतृत्व चयन गरिएको छ । परिषद्को शनिवार सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट थानेश्वर लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति छनोट गरिएको हो ।

समितिको उपाध्यक्ष मदनराज जोशी, सचिव वेदप्रकाश ढकाल, कोषाध्यक्ष फूलमती खराल र सहसचिवमा यामप्रसाद गौतम चयन भएका छन् । पदेन सदस्यमा निवर्तमान अध्यक्ष खगेन्द्र थापा छन् भने सदस्यहरूमा भीम रोकाय, ध्रुव अधिकारी, महेन्द्र बिसी, डिल्लीराम कंडेल, देवेन्द्र वाग्ले, सबिना खतिवडा, गोपाल बि.सी. र तेज सोनाम रहेका छन् ।

अधिवेशनमा नेकपा (एमाले) सुर्खेतका अध्यक्ष अमृतकुमार बि.सी., उपाध्यक्ष कुलमणि देवकोटालगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २९ फाल्गुन २०७८, आईतवार ०५:०१