हामी सामाजिक बन्ने कहिले ?
पहिले समाज भेदभावको कुरा खुबै सुनायो । जातीय आधारमा भेदभाव । आर्थिक आधारमा भेदभाव तथा समाजिक भेदभाव । मानिस मानिसबीच भेदभाव । छोएको पानी नखाने तथा घरमा समेत छिर्न नपाउने । जातीय आधारमा तल्लो वर्ग ठानिएको एक जातलाई हामी तथा हाम्रो समाजले सधैं वहिष्कार गरिरह्यौं । विभिन्न प्रथाहरू जसको कारण मानव जाति मानव जातिकै अगाडि वहिष्कार भइरहेको
थियो । मानव जातिकै अगाडि तल्लो दर्जाको रूपमा आफ्नो स्थान ओगटिरहेको थियो । परापूर्वकालमा वर्गीकरण गरिएका काम तथा उनीहरूको दक्षताका आधारमा जात वर्गीकरण भए । कोही माथिल्लो दर्जामा तथा काही तल्लो दर्जामा ।
दमाई, कामी, क्षेत्री, बाहुन तथा शाही ठकुुरी के–के, के–के ? सुन्न तथा पढ््नमा आए अनुरूप परापूर्वक कालमा कामको आधारमा जातीय वर्गीकरण भएका थियो । तर विस्तारै समाजले जातीय भेदभावलाई आत्मसाथ ग¥यो । जसको कारण कोही शैक्षिकस्तरलाई दोष दिन्छन् त कोही यसमा सामन्त्यवादको धारणा व्यक्त पनि गर्ने गर्छन् । तर वास्तवमा यसो हुनुको कारण पनि काम प्रति हाम्रो सम्मान नहुनु पनि हो ।
वर्तमान समयमा विशिष्ट शैक्षिक प्रमाणपत्र पाएको व्यक्ति साधारण कामलाई आत्मसाथ गर्न सक्दैन । उसमा समाजको डर पनि विद्यमान नै छ । त्यो सामाजिक डर जसले सानो काम गर्दा सानो मान्छेको रूपमा औंल्याउन थाल्छ । विस्तारै सुरु भएका अभियान, कानुनी परिमार्जन तथा ऐन नियममा संशोधनले सबैलाई समान हक तथा अधिकार प्रदान गरिएको बारे ब्यापक जनचेतनाले जातीय प्रथालाई न्यूनीकरण त गर्यो नै, हट्न भने सकिरहेको अझै छैन । तल्लो जात तथा माथिल्लो जात बीच सुमधुर सम्बन्ध त चल्यो नै तर घर बाहिर मात्र । अझै पनि अधिकांश घरमा तल्लो जातिका व्यक्तिलाई भिœयाउन सकिएको छैन । तल्लो तथा माथिल्लो जात ठानिएका व्यक्तिहरू दुवै पक्ष मौन अवस्थामा रहेका छन् । उनीहरू केही बोल्न सकिरहेका छैनन् । यो सहरको स्थिति हो । गाउँमा स्थिति २० को १९ भएको भने पक्कै छैन ।
जातीय भेदभावमा विस्तारै अमानवीय गतिविधिहरूको हावी हुन थाल्यो । सीमित जातले छोएको नखाने, उनीहरूसँगको संगतलाई पनि समाज स्वीकार्न सक्दैनथ्यो । यी सबै अमानवीय व्यवहारहरू हुन् । समाजद्वारा नै सिर्जित अमानवीय व्यवहारहरू । वर्तमान समयमा मानिसहरू जातीय भेदभावलाई कु–संस्कृतिको रूपमा अंगाली सकेका छन् तर व्यवहारमा अंगाल्न सकिरहेको अवस्था छैन । मनमा यो कु–संस्कृति बारे जानकार हुँदाहुँदै पनि माथिल्लो वर्ग गनिएकाले घरमा छिराउन सकिरहेका छैनन् र तल्लो वर्ग ठानिएकाहरू छिर्न । यी सबै सामाजिक कुराहरू न हुन् । पहिले समाज हामीलाई नै वर्ग सिकायो । भेदभाव सिकायो । सामाजिक संस्कृतिहरू कोही कु–संस्कृति भए त कोही राम्र्रा । फेरि भेदभाव गर्न तथा भेदभाव सहन सिकायो । फेरि भेदभावविरुद्ध सामाजिक क्रान्तीका कुरा सुनायो । सायद यो सबै गोलाकारमा चलिरहेको छ । यदि भेदभावका कारण मानवता समाजबाट हटेको थियो, भेदभावविरुद्ध समाज लागेकै हो, अभियन्ताहरू लागेकै हुन् भने किन भेदभाव अझै निर्मूल भएको छैन । किन अझै पनि जातीय कुरा उठाइन्छ । जाति कुरा उठ्दा मानवताका कुरा उठ्नुपर्ने हो । रंगरूप, जाति लिङ्ग तथा कुनै पनि आधारका भेदभावका कुरा उठ्नुपर्ने होइन ।
वर्तमान समय समाज हामीलाई हिँसा घोकाइरहेको छ । पहिले भेदभाव सिकायोे, घोकायो तर भेदभाव विरुद्धको अभियानले पूर्णता नपाउँदै अहिले हिँसा सिकाउँदैछ, घोकाउँदैछ, हिँसा विरुद्ध क्रान्तिकारी बनाउँदैैछ । आखिर किन ? के भेदभाव समाजबाट हटेकै हो ? या हिँसा पनि भेदभावभित्रको एक पाटो हो जसलाई हटाउँदा मात्र भेदभावको अन्त्य सम्भव छ । समग्र रूपमा हेर्नुपर्दा समाजमा आवश्यकता भनेको मानवता हो । मानवता नभएको समाजलाई समाज भनि कसरी सम्बोधन गर्ने ।
मानिसहरू शिक्षित त भए तर मानिस मानव बन्न सकिरहेका छैनन् । स्वार्थको घेरामा रहेर हामी जुन हदसम्म पनि जान तयार रहन्छौं । सामाजिक कु–संस्कृति तथा सामाजिक नकारात्मक धारणाहरूको न्यूनीकरण तथा निराकरणका लागि उत्तम उपाए नै मानवता हो । विद्यालय शिक्षा तथा अन्य शैक्षिक प्रमाणपत्रहरूले पनि मानिसलाई मानवताको संज्ञा दिन सकिरहेका छैनन् । हामीमा शैक्षिक योग्यता त छ तर हामी शिक्षिक बन्ने कहिले ? हामीमा सामाजिक धारणा आउने कहिले ? हामी सामाजिक बन्ने कहिले ? स्वार्थरूपी सामाजिक वातावरणबाट उम्कने कहिले ?
प्रकाशित मितिः १० पुष २०७३, आईतवार १२:४५
साझा बिसौनी ।