आज क्रिसमस डे मनाइदैं

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव आज २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रूपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो ।

रियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।

सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैं क्रसमा चढेको उनका अनुयायीको भनाइ
छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत चलाइएको विश्वास गरिन्छ । नेपालमा चार सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको बताइन्छ ।

क्रिसमसका उपलक्ष्यमा सुर्खेत लगायत देशभर विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइने गरिन्छ । यो पर्व मनाउन सरकारले आज (आइतवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मितिः   १० पुष २०७३, आईतवार १२:४१