सांसद विष्टद्वारा राजीनामा, पार्टी पनि परित्याग
सुर्खेत – कर्णाली प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्टले पदबाट राजीनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र) पार्टी परित्यागको घोषणासहित उनले सांसद पदबाट समेत राजीनामा दिएका हुन् ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिष्टले माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसद्बाट एमसीसी पारित गरेकाले आफूले पार्टी परित्याग गरेको बताए । उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको जनाए । राजीनामाका क्रममा विष्टले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडी अनेक खालका चलखेल गरेको आरोप लगाए ।
कर्णाली प्रदेशमा पार्टीले आसेपासे तथा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेको भन्दै उनले प्रदेश सभामा बस्न उचित नलागेको बताएका छन् । माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरको उनको आरोप छ ।
प्रकाशित मितिः २७ फाल्गुन २०७८, शुक्रबार १९:०६
साझा बिसौनी ।