सांसद बानियाँ निलम्बित
सुर्खेत – बलात्कार आरोपमा पक्राउ परेका नेकपा (एमाले)का सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् । आइतवारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका थिए ।
हाल हिरासतमा रहेका बानियाँमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । बाँके प्रहरीमा जुम्लाकी ४० वर्षीया एक शिक्षिकाले बानियाँविरूद्ध जबरजस्तीकरणी मुद्दामा जाहेरी दिएकी थिइन् । उक्त उजुरीपछि प्रहरी पक्राउ परेका थिए ।
प्रकाशित मितिः २२ फाल्गुन २०७८, आईतवार १६:५२
साझा बिसौनी ।