खाजा खर्च बचाएर बाढीपीडितलाई न्यानो कपडा

वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रमा रहेका वाढी पीडितहरुलाई न्यानो कपडा वितरण गरिएको छ । जाडो बढेसँगै यूथ फर चेन्ज ग्रुपले शनिवार न्यानो कपडा वितरण गरेको हो ।

शिविरमा रहेका २६ परिवारलाई प्रतिपरिवार एक/एक थान ब्लाङ्केटसहित जकेट, टिसर्ट वितरण गरेको हो ।

उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले फेसबुक ग्रुपमार्फत सहयोग संकलन गरी न्यानो कपडा वितरण गरिएको ग्रुपका सदस्य शिवानी ढकालले बताईन् ।

नेपाल र विदेशमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च बचाएर सहयोग संकलन गरी शिविरमा रहेका वाढी पीडितलाई सहयोग गरिएको उनले बताईन् ।

फेसबुक ग्रुपमार्फत कलेजमा पढ्ने विद्यार्थीहरुको छलफलबाट करिव ४४ हजार रुपैयाँ संकलन गरी चिसो मौसमलाई छल्न न्यानो कपडा वितरण गरिएको बताईन् ।

कपडा वितरण कार्यक्रममा ग्रुपका सदस्हरु भगवती शर्मा, समिर शर्मा, मनोज लम्साल, तुल्सी पुरी, सनदेश कडेल, नारायण शाहीलगायतको उपस्थिती थियो ।

प्रकाशित मितिः   ९ पुष २०७३, शनिबार १७:५३