साफ च्याम्पियनसिप खेल्न नेपाली टोली भारत प्रस्थान

चौंथो दक्षिण एसियाली महिला फुटबल च्याम्पियनसिप (साफ) मा सहभागी हुने नेपाली टोली भारत प्रस्थान गरेका छन्। भारतको सिलगुढीमा सोमबारदेखि हुने खेलमा सहभागी हुने नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

तीन संस्करणमा उपविजेता बनेको नेपाली टोली उपाधि जित्ने लक्ष्यका साथ भारतको सिलगुढी गएको हो।

सात जना नयाँ अनुहार थपीएको टोलीको कप्तानी रेनुका नगरकोटीले गर्दैछिन् भने कुमार थापाले प्रशिक्षकको भुमिका निभाउँदै छन्।

समूह ‘ए’मा रहेको नेपालसँग श्रीलंका, माल्दिभ्स र भुटान छन्। नेपालले आफ्नो पहिलो खेल पुस ११ गते भुटानसँग खेल्ने छ।

शनिबार अखिल नेपाल फुटबल संघ एन्फाले टोलीलाई विदाई गरेको छ।

प्रकाशित मितिः   ९ पुष २०७३, शनिबार १५:१२