सहकारीमैत्री ऐन आउँछ : मन्त्री थानी

सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सरकारले सहकारीमैत्री ऐन ल्याउन लागेको बताएका छन् । अहिले सबैको चासो नयाँ बन्न लागेको सहकारी ऐनप्रति रहेको बताउँदै सो ऐन सहकारीमैत्र ऐन आउने कुरामा विश्वस्त हुन उनले सबैलाई आग्रह गरे ।

वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर १०, सुर्खेतको चौधौं वार्षिक साधारणसभाको उद्घाटन गर्दैै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री थानीले विगतदेखि नै आफू स्वयम् पनि सहकारीसँग अत्यन्त नजिक रहँदै आएको बताउँदै नयाँ बन्ने ऐनले गरिब तथा मध्यम वर्गका नागरिकहरुको प्रतिनिधित्व गर्ने समेत बताए ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि पूर्व स्वास्थ्य राज्य मन्त्री तथा सभासद खड्कबहादुर बस्याललले वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले विशेषगरी लघुवित्त कार्यक्रम मार्फत राज्यको वित्तीय पहुँच नपुगेको दुर्गम तथा ग्रामिण क्षेत्रमा आफ्नो क्रियाकलापलाई प्रभावकारी ढंगले संचालन गर्दै महिला दिदीबहिनीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थालाई सवल बनाउनमा महत्वपूर्ण भूमिका खेलेकोमा आगामी दिनमा पनि संस्था आफ्ना गतिविधिहरुमार्फत अझ दुर्गम क्षेत्रमा पुग्नुपर्नेमा जोड दिए ।