जनमोर्चाको प्रदेश नेतृत्व चयन
सुर्खेत: राष्ट्रिय जनमोर्चाले कर्णाली प्रदेश नेतृत्व चयन गरेको छ । शनिवार सम्पन्न प्रथम प्रदेश अधिवेशनले गिरीप्रसाद बुढाको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।
उपाध्यक्षमा कमलविक्रम शाही, सचिवमा पूर्णबहादुर शाही र कोषाध्यक्षमा कृष्णकुमारी रावल सर्वसम्मत रूपमा चयन भएका छन् । यसैगरी सदस्यहरूमा शेरबहादुर परियार, भिमसिहं विष्ट, मिनबहादुर शाही, लालबहादुर नेपाली, ढक्कनप्रसाद शर्मा, भिमबहादुर फौजा, नरबहादुर सिंह, जितबहादुर घर्ती, पदमसिंह कामी, गीता आचार्य र पार्वती ठाडा रहेका छन् ।
प्रदेश सदस्य एवम् सुर्खेत जिल्ला कमिटीका सचिव लालबहादुर नेपालीका अनुसार धर्मराज उपाध्याय, चन्द्रप्रसाद उपाध्याय, पूर्ण बिसी, जयपुरा सञ्ज्याललगायत ६ जना वैकल्पिक सदस्य पनि चयन गरिएको छ । त्यसैगरी सल्लाहकारमा गोविन्दप्रसाद सुवेदी, कृष्णबहादुर शाही, जंगदेव शाही, प्रेम ठाडा र थानेश्वर तिवारी रहेका छन् ।
प्रकाशित मितिः ८ फाल्गुन २०७८, आईतवार ०५:०३
साझा बिसौनी ।