समीक्षाको स्मृतिमा शैक्षिक पुरस्कार र अक्षयकोष

सुर्खेत उद्योग वाणिज्य संघले कर्णाली एक्सपो अन्तर्राष्टिय व्यापार मेलाको उदघाटनका दिन झाँकी प्रदर्शन काक्रममा निधन भएकी बालिका समीक्षा आचार्यको स्मृतिमा शैक्षिक स्मृति पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । संघको शुक्रवार बसेको कार्य समितिको बैठकले बालिकाआचार्यको निधनप्रतिशोक प्रस्तावपारित गर्दै समीक्षाआचार्य स्मृति शैक्षिक पुरस्कार स्थापनागर्ने निर्णय गरेको हो ।

संघको सदस्यका सन्ततिमध्ये एसएलसीमा सर्वाधिक अंकसहित उत्तीर्ण हुने छात्र र छात्रालाई वार्षिक साधारणसभाको अवसर पारी प्रदान गर्ने गरी जनही ११ हजार १ सय ११ रुपैयाँको पुरस्कार स्थापना गरिएको हो । संघले संस्थागत रुपमा शैक्षिक पुरस्कार निर्णय गरेपनि अभिभावकसंगको सल्लाहमा छात्रवृत्ति वितरणका लागि अक्षयकोष स्थापना गर्ने निर्णय पनि भएको महासचिव गोपालकृष्ण गिरीले जानकारी दिए । छात्रवृत्ति रकम वितरणका लागि जिल्ला शिक्षा कार्यालय, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) लगायत सरोकारवाला निकायहरुसंग आवश्यक समन्वयगरिने उनले जनाए । यसैगरी संघले आगामी वर्षहरुमा आयोजना गर्ने मेला महोत्सवहरुमा सञ्चालन गरिने वालउद्यानहरु समीक्षाकै स्मृतिमा समीक्षा स्मृति वालउद्यानका नाममा सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

यसैबीच पश्चिम सुर्खेतको विद्यापुरमा रहेको जनता उच्चमाविको सञ्चालक समितिको सदस्यमा संघको प्रतिनिधित्व गर्ने गरी कार्य समिति सदस्य रामबहादुर गौतमलाई सिफारिश गर्ने निर्णय पनि भएको छ ।