दिवसमा रक्तदान
साझा बिसौनी संवाददाता
सुर्खेत, २१ फागुन ।
एमाओवादी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुर्खेतले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संगठनले शुक्रवार वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
सो अवसरमा ६ जनाले रक्तदान गरेका थिए । सो अवसरमा सांसद सीता नेपालीले सहिदको सपना साकार बनाउनका लागि विद्यार्थीहरूले सङ्घर्षलाई जारी राख्नुपर्ने बताइन् । साथै उनले अब नयाँ संविधानको कार्यान्वयन गर्नका लागि युवा विद्यार्थीहरूले समेत महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा एमाओवादीका जिल्ला अध्यक्ष नरबहादुर विष्टलगायत एमाओवादीमा आवद्ध पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो । उक्त कार्यक्रम सङ्गठनका जिल्ला अध्यक्ष महेश जिसीको अध्यक्षतामा सम्पन्न भएको हो ।
साझा बिसौनी संवाददाता ।