शिवविहार र वीरेन्द्रनगर विजयी

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ फागुन ।
एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएका खेलमा शिवविहार पुस्तकालय युवा क्लब र वीरेन्द्रनगर स्पोर्टस् क्लब विजयी भएका छन् । शिवविहारले आरसी–३२ लाई ३–१ को गोल अन्तरले पराजित गरी लिगमा ६ अङ्क जोड्न सफल भएको छ ।
शिवविहारको जीतमा तेज रानाले २८ औं, भुपेन्द्र शाहले ३६ औं र दिपेन्द्र दर्लामीले ५८ औं मिनेटमा गोल गरे भने आरसी–३२ का लागि ५४ औं मिनेटमा सुमन राना मगरले सान्त्वना गोल गरेका थिए । 
शुक्रवार नै भएको दोस्रो खेलमा वीरेन्द्रनगरले स्पोर्टस्ले कालिमाटी युवा क्लबलाई ६–२ को फराकिलो अन्तरले पराजित ग¥यो । वीरेन्द्रनगरका लागि विजय सुनारले २८ र ४८, शिव खड्काले ३८ र ५४ तथा विष्णु दुवालले ४४ र ६६ औं मिनेटमा गरी दुई–दुई गोल 
गरे । कालिमाटीका सागर चौधरीले ५८ औं र विनोद चौधरीले ६८ औं मिनेटमा एक–एक गोल गरेका 
थिए । यो जीतसँगै वीरेन्द्रनगरले लिगमा ९ अङ्क बटुलेको छ । समूह ‘क’ मा रहेको वीरेन्द्रनगर लगातार तीन वटै खेल जितेर शीर्ष स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज 
(शनिवार) दिउँसो दुई बजे साथी खोर्के युवा क्लब र जीवनज्योति युवा क्लब तथा साढे ३ बजे न्यू जेनेरेशन स्पोर्टस् क्लब र बावियाचौर युवा क्लबबीच प्रतिस्पर्धा हुने सुर्खेत जिल्ला फूटबल संघका उपाध्यक्ष चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।