साढे २६ लाख खराब कर्जा उठाउन सफल

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ फागुन ।
काँक्रेविहार विकास बैंक सुर्खेतले गत आर्थिक वर्षमा रहेको २६ लाख ५७ हजार रूपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । आर्थिक वर्ष २०७२÷०७३ को दोस्रो त्रैमासिकमा नै बैंकले उक्त कर्जा उठाउन सफल भएको हो ।
बैंकले सम्भावित जोखिम वापतको व्यवस्थामा ७९ प्रतिशत रकम बढाएर १८ लाख ७७ हजार रूपैयाँ पु¥याएको छ । बैंकले चैत २० गते हुने सातौं साधारणसभामा १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । सो प्रस्ताव साधारणसभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिनेछ । १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पूँजी बढेर चार करोड ३६ लाख रूपैयाँ पुग्नेछ ।
गतवर्षको तुलनामा खुद नाफा आठ दशमलव ३२ प्रतिशत घटेर २१ लाख ३८ हजार रूपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी १३ दशमलव ७५ प्रतिशत र सञ्चालन नाफा ७८ प्रतिशत घट्नाले खुद नाफा घट्न पुगेको हो । चुक्ता पूँजीको तुलनामा खुद नाफा ६ दशमलव ७६ प्रतिशतबाट घटेर पाँच दशमलव ६३ प्रतिशतमा सीमित भएको छ ।  ब्याज आम्दानी सात दशमलव ३५ प्रतिशत बढेर दुई करोड ९८ लाख र ब्याज खर्च १६ दशमलव ४९ प्रतिशत बढेर दुई करोड २६ लाख पुगेको  बैंकका कम्पनी सेक्रेटरी जगत थापाले जानकारी दिए  ।  उनले कर्मचारी खर्च २७ दशमलव ५८ प्रतिशत बढेर  ४९ लाख १७ हजार भएको बताए । उनका अनुसार अन्य सञ्चालन खर्च १८ दशमलब ४२ प्रतिशत बढेर २४ लाख ४३ हजार पुगेको छ । ‘कुल सञ्चालन आम्दानी दुई प्रतिशत घटेर रू. ९९ लाख ३९ हजारमा सीमित भएको छ,’ थापाले भने, ‘बैंकको स्थिर सम्पत्ति १४ दशमलब ६९ प्रतिशत बढेर  ८३ लाख ५५ हजार रूपैयाँ पुगेको छ ।’ उनले अन्य सम्पत्ति ६९ प्रतिशत बढेर  दुई करोड दुई लाख पुगेको उल्लेख गरे । बैंकको जगेडा कोष पाँच गुणा बढेर एक करोड ४३ लाख पुगेको छ ।  ७७ करोड १० लाख कूल निक्षेप सङ्कलन गरी ४१ करोड सात लाख रूपैयाँ कर्जा प्रवाह गरेको थापा बताउँछन् । 
प्रकाशित मितिः   २२ फाल्गुन २०७२, शनिबार १०:५७