संघीय ऐनसँग बाँझिएपछि कर्णाली प्रदेश सहकारी ऐन संशोधन हुँदै

सुर्खेत – कर्णाली प्रदेश सहकारी ऐन संशोधन गरिने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले बुधवार प्रदेशसभाको बैठकमा ऐनको पहिलो संशोधनका लागि पेश गरेका हुन् ।

संघीय सरकारको सहकारी ऐनसँग प्रदेश ऐन बाँझिएपछि केही दफा र बुँदा संशोधन गर्नुपर्ने भएको मन्त्री शाहीले जनाए । उनले संघीय सहकारी ऐनको सापेक्षतामा संशोधन गर्नुपर्ने बताए ।

उक्त ऐनमाथिको छलफलमा भाग लिँदै सांसद पद्मा खड्का, रातो कामी र विमला केसीले सरोकारवालाहरुको सुझावलाई मध्यनजर गरेर आवश्यक संशोधन गर्नुपर्ने बताएका छन् । साथै चाँडै पारित गर्नुपर्नेमा समेत उनीहरुले जोड दिएका थिए ।

प्रकाशित मितिः   २६ माघ २०७८, बुधबार १५:२७