बजार अनुगमनलाई तीव्रता
सुर्खेत: खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुुर्खेतले बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ । आइतवार कार्यप्रगति सार्वजनिक गर्दै खाद्य वस्तुको गुणस्तर कायम गर्न अनुगमन तथा निरीक्षणलाई तीव्र बनाइएको बताइएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयले चालु आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति सार्वजनिक गरेको छ । कर्णालीका ६ जिल्ला हेर्दै आएको कार्यालयले यो अवधिमा विभिन्न ठाउँमा अनुगमन गरेको छ । दैलेख, सुुर्खेत, जाजरकोट, रूकुुम–पश्चिम, डोल्पा र हुुम्लामा अनुुगमन गरिएको हो । कोरोना महामारीका बेला हुनसक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन बढाएको कार्यालय प्रमख भेषबहादुर थापाले जनाए । उनले गुणस्तर नियन्त्रणका लागि पछिल्लो समय दैनिक उपभोग्य वस्तुको नमुना परीक्षणसमेत बढाइएको बताए । ‘बजारमा बेच्न रााखिएका खाद्य वस्तुको गुणस्तर मापदण्डविपरीत हुने गरेको पाइएको छ,’ उनले भने, ‘दैनिक उपभोग्य वस्तुमा कैफियत भेटिन थालेपछि अनुगमन गरी कारबाहीका लागि सिफारिस गर्ने गरिएको छ ।’ उपभोक्ताको स्वस्थ खाद्य अधिकारको लागि व्यवसायीलाई जिम्मेवार बनाउन नियमित खबरदारी गरिरहेको कार्यालय प्रमुख थापा बताउँछन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले चालु वर्षको यो अवधिमा चार लाख बराबरका विभिन्न खाद्य वस्तुहरू जफत गरी नष्ट गरेको छ । गुणस्तरहीन ती खाद्य सामग्री नष्ट गरिएको हो । कार्यालयले यो वर्ष मात्रै खाद्य उद्योगहरूमा १३ पटक अनुगमन गरेको छ । जसअन्तर्गत ४५ वटा उद्योगको निरिक्षण गरिएको छ । खाद्य पसल, सुुपरमार्केट, रेष्टुुरेण्ड तथा मिठाई पसल गरी दुुई सय ६८ मा अनुगमन भएको कार्यालय प्रमुख थापाले जनाकारी दिए । त्यस्तै, दाना उद्योग चार वटामा दुुई पटक अनुुगमन गरिएको छ । सुर्खेतमा २५ जना वयवसायीहरूलाई होटेल स्तरीकरण सचेतना अभिमुखीकरण तालिम दिइएको छ । होटेल, रेस्टुरेण्टहरूलाई स्तरीकरण गरी लोगो वितरण गरिएको कार्यालयले जनाएको छ । होटलहरूलाई अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा वर्गीकरण गरिएको हो । सुर्खेतमा १३ वटा होटल वर्गीकरणमा परेको बताइएको छ ।
अनुुगमनले खाद्य स्वच्छतासम्बन्धी चेतनामा अभिवृद्धि भएको तथा खाद्य स्वच्छता बारेका गुनासा बढेको पाइएको कार्यालय प्रमुुख थापाले बताए । ‘खाद्य वस्तुको गुणस्तरीयता सम्बन्धमा विगतभन्दा नागरिकहरूमा चेतनास्तर वृद्धि भएको देखिएको छ,’ उनले भने, ‘व्यवसाय सञ्चालनका लागि अनुज्ञापत्र लिने क्रम पनि बढ्दो छ ।’ जनशक्ति र स्रोत साधनको अभावमा भने अनुगमनलाई सोचेअनुरूप प्रभावकारी बनाउन नसकिएको उनी बताउँछन् । कार्यालयले ६ महिनाको अवधिमा राजस्व भने न्यून संकलन गरेको छ । यो अवधिमा ६ सय रूपैयाँ मात्र राजस्व संकलन भएको हो । प्रगति विवरणमा उद्योग सिफारिस बापत ६ सय रूपैयाँ संकलन भएको जनाइएको हो । प्रगति समीक्षा कार्यक्रमा सुुर्खेतका प्रमुुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सीमित स्रोतसाधनबाट उल्लेखनीय काम गरेको बताए । सेवालाई पारदर्शी बनाउन थप जोड दिइनुपर्ने भन्दै उनले ग्रामीण क्षेत्रका बजारहरूमा पनि अनुगमन बढाउनुपर्ने सुझाए । कार्यालयको चालु आर्थिक वर्षका लागि तीन करोड ६३ लाख बजेट छ । त्यसमध्ये चालुुतर्फको १४ प्रतिशत बजेट मात्र खर्च भएको छ ।
प्रकाशित मितिः २४ माघ २०७८, सोमबार ०५:०२
साझा बिसौनी ।