स्थगित लोकसेवाका परीक्षा फागुन ७ देखि

कोभिड–१९ को संक्रमणका कारण स्थगित भएका लोक सेवा आयोगका परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने भएका छन् । आयोगको बैठकले यसअघि महामारीको कारण स्थगित भएका परीक्षाहरू फागुन ७ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

संक्रमण तीव्र गतिमा फैलिएका कारण यसअघि ६ माघमा आयोगले परीक्षा तालिका निर्धारण भइसकेका विभिन्न तहका परीक्षाहरू स्थगित गरेको थियो । आयोगले अब पूर्वनिर्धारित ती परीक्षाहरू स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर गर्ने भएको हो ।

आयोगले उपसचिव वा सो सरह (अप्राविधिक÷प्राविधिक), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न परीक्षाको कार्यतालिकोसमेत प्रकाशित गरेको छ ।

प्रकाशित मितिः   २० माघ २०७८, बिहीबार १७:०६