नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । बिहीवार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार सुरु भएदेखि नै दिनभरजसो हरियो रहेको बजारमा करिब अन्तिम एक घण्टा भने रातो हुँदा नेप्से घटेर बन्द भएको हो ।

बजार परिसूचक १४.५८ अंक (०.५० प्रतिशत)ले घटेर २८७६.७५ अंकमा बन्द भएको छ । नेप्सेमा गिरावट भए पनि कारोबार रकम बढेर आज बजारमा आठ अर्ब ६१ करोड २१ लाख ७४ हजारको कारोबार भएको छ । बजारमा अधिकांश उपसूचकमा गिरावट हुँदा हाइड्रोपावर र निर्जीवन बिमा उपसूकमा सामान्य वृद्धि भएको छ । कारोबार रकममा अरुण भ्याली हाइड्रोपावरले लिड गरेको छ । कम्पनीको ८२ करोड ७० लाखको कारोबार हुँदा अपी पावरको ५२ करोड ५० लाख र शिखर इन्स्योरेन्सको करिब २६ करोड ८१ लाखको कारोबार भएको छ ।

दिनभर बजारमा १९१ कम्पनीको सेयर कारोबारमा आएकोमा १३७ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ४५ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । नौ कम्पनीको सेयर मूल्य भने स्थिर छ । कारोबार भएकामध्ये विन नेपाल लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बन्द हुँदा बुद्धभूमि हाइड्रोपावरको ९.७३ प्रतिशत, साहस ऊर्जाको ६.०६ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ५.०३ प्रतिशत र मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ४.२५ प्रतिशतले वृद्धि भएको छ । आरएमडीसी लघुवित्तको सेयर मूल्य ३.४९ प्रतिशत, पोखरा फाइनान्सको ३.०७ प्रतिशत र गोर्खाज फाइनान्सको सेयर मूल्य २.९९ प्रतिशतले गिरावट भएको छ ।

प्रकाशित मितिः   २० माघ २०७८, बिहीबार १७:०८