सरसफाई प्रवद्र्धन गर्न सचेतनामूलक कार्यक्रम
सुर्खेत: स्वास्थ्य, सरसफाई तथा हरियाली प्रवद्र्धनसम्बन्धी सचेतनामूलक सांगीतिक कार्यक्रम गरिएको छ । फोहोर व्यवस्थान, हरियाली प्रवद्र्धन र कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अन्तरनिर्भर समाज सुर्खेतका कार्यक्रम व्यवस्थापक विवेक शाहीले जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिका, यूएनडिपी, अन्तरनिर्भर समाज सुर्खेत र नेपाल गन्धर्व विकास संघ सुर्खेतको सहकार्यमा सचेतनामूलक कार्यक्रम गरिएको हो । वीरेन्द्रनगरको मंगलगढिचोकमा आयोजित कार्यक्रममा नेपाल गन्धर्व विकास संघबाट स्वास्थ्य, सरसफाई तथा हरियाली प्रवद्र्धनसम्बन्धी सचेतनामूलक गीतहरू प्रस्तुत गरिएको थियो । गीतमार्फत वातावरण संरक्षण, हरियाली सहर, हाम्रो रहर, रूख रोपाँै, वनजंगल जोगाउँ, जथाभावि फोहोर नफालौँ, फोहार व्यवस्थापन गरौँ, मास्क लगाउँ, लगाएतको अनुरोध गरिएको थियो ।
यो कार्यक्रम चार दिनसम्म चल्ने छ । शाहीका अनुसार नेपाल गन्धर्व विकास संघबाट विभिन्न चोकमा सचेतनामूलक सांगीतिक कार्यक्रम हुनेछन् । सोमवार मंगलगढी चोकमा कार्यक्रम गरिएकोले मंगलवार पिपिरा चोक, बुधवार एरिचोक, बिहीवार शिवालयचोकमा सन्देशमूलक गीतमार्फत जनचेतना जगाउने उनले जानकारी दिए । ‘सरफाई व्यवस्थापन तथा हरियाली प्रवद्र्धनसम्बन्धी सचेत गराउन आवश्यक छ’ उनले भने ‘अहिले कोरोना महामारी भएकोले पनि सरसफाईमा ध्यान दिनुपर्छ ।’
उनले हरित पुनर्उत्थान परियोनामार्फत अन्तरनिर्भर समाज सुर्खेतले स्वच्छ, सफा तथा हरियाली वीरेन्द्रनगरका लागि सरफाईसम्बन्धी गतिविधि, सडक छेउछाउमा रोपिएका बोट विरुवाको संरक्षण लगायतका कामहरूसमेत गर्दै आएको सुनाए ।
प्रकाशित मितिः १८ माघ २०७८, मंगलवार ०५:०१
साझा बिसौनी ।