नेप्सेमा दोहोरो अंकको गिरावट
साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन १०५ अङ्कको छलाङ मारेको नेप्सेमा आज पुनः दोहोरो अङ्कको गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १३.४८ अङ्कले घट्दै २८ सय ७२.५ विन्दुमा झरेको छ ।
बजारमा आज कारोबार रकम समेत घटेको छ । एक करोड कित्ता भन्दा माथिको सेयर बजारमा ६९ हजार भन्दा बढी पटक किनबेच हुँदा जम्मा ५ अर्ब १५ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।
प्रकाशित मितिः १७ माघ २०७८, सोमबार १६:५६
साझा बिसौनी ।