साताको सुरुवात उत्साहजनक, नेप्से १०५ अंकले वृद्वि

आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०५ अंकले बढेको छ । गतसाता लगातार ४ दिनमा करिब १५० अंकले घटेर बिहिवार समान्य सुधार आएको थियो । यो साताको पहिलो कारोबार दिनमा नै १०० अंकभन्दा बढिले उकालो लागेको हो ।

यस क्रममा आज ६ अर्ब ३२ करोड रुपैया बराबरको १ करोड २१ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । गठबन्धन सरकार तोकिएको समयमै स्थानीय तहको चुनाब गर्न तयार बनेपछि लगानीकर्तामा उत्साह आएर बजार १०० भन्दा बढीले बढेको हो ।

गतसाता स्थानीय तहको चुनाव अन्योल भन्दा करिब डेढ सय बन्दा बढी अंकले बजार घटेको थियो । बजारमा उत्साहजनक रुपले बढेको दिन ४ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित मितिः   १६ माघ २०७८, आईतवार १५:३३