समाजवादी प्रेस संगठन सुर्खेतको नेतृत्व चयन

सुर्खेत: समाजवादी प्रेस संगठन नेपाल सुर्खेतको अध्यक्षमा देव राना चयन भएका छन् । शनिवार भएको संगठनको पहिलो भेलाले रानाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा युवराज पंगाली र चन्द्रा कंडेल चयन भएका छन् भने सचिवमा रजनी योगी, सहसचिवमा शंकर किशोर अभय र कल्पना ढेङ्गा मगर तथा कोषाध्यक्षमा ओम शाही ठकुरी रहेका छन् । कार्यसमितिको सदस्यमा आरती चौधरी, गोपाल शर्मा, कालीबहादुर बोहोरा र वसन्त विक चयन भएका छन् । भेलाको उद्घाटन नेकपा (एकीकृत समाजवादी)का कर्णाली प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापाले गरेका थिए ।

प्रकाशित मितिः   १६ माघ २०७८, आईतवार ०५:०३