विरुवा काँटछाँटमा व्यस्त स्याउ कृषक

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको तेस्रो लहर चलिरहेको छ । दैनिक संक्रमित थपिदै गएका छन् । कर्णाली प्रदेशमा पछिल्लो केही समययता संक्रमणदर पनि उच्च छ । चिकित्सकहरूका अनुसार कर्णालीमा पुस अन्तिम सातादेखि तेस्रो लहर फैलिन थालेको थियो । त्यसयता संक्रमणको ग्राफ दैनिकजसो उकालो लागेको छ । केही दिनयता समुदायस्तरमा ओमिक्रोन भेरियन्टको संक्रमण रफ्तारमा फैलिएको छ । सिकिस्तहरूका अनुसार डेल्टाभन्दा ओमिक्रोन दुई गुणा छिटो फैलिरहेको छ । कर्णालीमा पनि संक्रमण दर तीव्र छ । यहाँ माघ लागेयता संक्रमण दर ६० प्रतिशतभन्दा माथि पुगेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कले संक्रमण दर दिनहुँ बढ्दो क्रममा रहेको देखाएको छ ।

तेस्रो लहरमा संक्रमण तीव्र देखिएपनि सिकिस्त बिरामी भने न्यून छन् । अहिले अस्पतालहरूमा बिरामीको चाप छैन । फाटफुट मात्रै संक्रमितहरू उपचारका लागि अस्पताल जाने गरेका हुन् । प्रदेश अस्पताल सुर्खेतमा पाँच जना संक्रमित उपचाररत् छन् । यही अस्पताल हो, जहाँ गत वर्ष संक्रमितको चाप थेग्न नसकेर सेवा प्रवाहमा समस्या भएको थियो । दोस्रो लहरको संक्रमणताका कर्णालीका अस्पतालहरूमा बेड र मेडिकल अक्सिजनको चरम अभाव भयो । अहिले त्यस्तो स्थिति छैन । संक्रमण दर उच्च भएपनि अधिकांशमा सामान्य स्वास्थ्य समस्या मात्रै देखिएको छ । यसपटक जटिल स्वास्थ्य समस्या कमैलाई देखियो । अघिल्लो वर्ष संक्रमण यही हाराहारीमा हुँदा धेरैमा जटिल समस्या देखिएका थिए । कर्णालीमा पहिलोभन्दा दोस्रो लहरमा डेल्टा भेरियन्टले धेरै संक्रमित भए । दोस्रो लहरमा मृत्युदरसमेत अधिक थियो । त्यसबेला दैनिक १२ जनासम्म संक्रमितको ज्यान गएको हो । पहिलो र दोस्रो लहरमा कर्णाली निकै प्रभावित बन्यो । त्यसबेलाको संक्रमणले ठूलो मानवीय क्षतिसमेत भयो । संक्रमणको त्रास पनि बढी नै रह्यो । त्यसको दाजोमा हालसम्मको अवस्था हेर्दा तेस्रो लहरको असर भने कम देखिएको छ । अहिले कोरोनाबाट भयभीत हुने अवस्थासमेत हट्दै गएको हो ।

कर्णालीमा तेस्रो लहर सुरु भएदेखि कोरोनाकै कारण कसैको मृत्यु भएको छैन । पछिल्लो समय कोरोना भाइरसविरुद्ध दिइने खोपको दायरा बढ्नु तथा स्वास्थ्य सावधानीमा समेत ख्याल गर्नेको संख्या वृद्धि भएकाले मृत्युदर घटेको हुनसक्ने जनाइएको छ । यसरी हेर्दा संक्रमित भइहालेमा पनि आत्तिहाल्नु पर्ने अवस्था छैन । तर सावधानी अपनाउनेतर्फ भने ध्यान दिन जरुरी छ । जोखिमबाट बच्न भने सबै नागरिक उत्तिकै जिम्मेवार र सतर्क रहनुपर्ने हुन्छ ।

प्रकाशित मितिः   १६ माघ २०७८, आईतवार ०५:०५