चरेससहित चार जना पक्राउ

लागूऔषध चरेससहित रुकुम सदरमुकाम मुसिकोटबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका-१ स्थित हिमालय होटेलबाट चार जना चरेससहित बुधबार पक्राउ परेका हुन् ।

होटलबाट हुकाम-४ बस्ने ४२ वर्षीया कमला घर्ती, रनमामईकोट-३ बस्ने ३२ वर्षीया खालमायाँ पुन सहित ४ जनालाई लागू औषध चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । उनीहरुको साथबाट १ किलो चरेस बरामद समेत भएको छ ।