जनज्योतीमा रक्तदान

 कुनाथरी ४ बड्डिचौरमा रहेको जनज्योती माध्यमिक विद्यालयमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा कुनाथरी र जुनियर रेडक्रस सर्कल बड्डिचौरको संयुक्त आयोजनामा रक्तदान गरिएको हो ।

उक्त कार्यक्रममा जनज्योतीमा अध्ययनरत २५ जना विद्यार्थीहरुले रक्तदान गरेको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका सभापति रामलाल आचार्य, मन्त्रि प्रदिप्त पौडेललगायतको सहभागिता रहेको थियो ।