‘भूमिगत समूह’का एक सदस्य पक्राउ

भूमिगत समूहका नाममा आतंक मच्चाएको भन्दै सुर्खेत प्रहरीले एक जनालाइ पक्राउ गरेर सार्वजनिक गरेको छ ।
समाज सुधार जनता पार्टीको नाममा विभिन्न अपराधिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर १० खजुराका भुवन विकलाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।

प्रहरीले विकको साथबाट नक्कली पेस्तोल पनि बरामद गरिएको छ । विकलाई लेखपराजुलको सत्तरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बहादुर जङ्ग मल्लले जानकारी दिए ।

समाज सुधार जनता पार्टीका इन्चार्ज सुरविर थापा नाम बताउने नरेश खड्का भने फरार रहेको र उनको खोजी कार्य भइरहेको उनले जनाए । जनता पार्टीको नाममा जुम्ला रोडमा रहेको मार्सल जनरल स्टोरको गाडी, महेश्वरी गिरीको घर अगाडी र यरीचौकको मुन्ना जैशवालको कवाडी पसलमा यही समूहले केही समय अगाडी आगजनी गरेको प्रहरीको दावी छ।

प्रकाशित मितिः   ६ पुष २०७३, बुधबार १७:०६