हरित सहर बनाउन स्वयम्सेवक परिचालन

सुर्खेत: वीरेन्द्रनगरलाई हरित सहरको रूपमा विकास गर्न स्वयम् सेवक परिचालन गरिएको छ । अन्तरनिर्भर समाज सुर्खेतले नगरमा रोपिएका सात हजार विरुवाको रेखदेखका लागि ४० जना स्वयम्सेवक परिचालन गरेको हो ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८, ९, १० र ११ विरुवा रोपिएको छ । रोपिएका विरुवाहरू गोडमेल र मलजलसहित संरक्षणका लागि एक हप्ते अभियान सुरु गरिएको हो । वीरेन्द्रनगर नगरपालिका र युएनडिपीको आर्थिक सहयोगमा अन्तरनिर्भर समाज सुर्खेतले नगरमा हरित पुनरुत्थान कार्यक्रम लागू गरेको छ । उक्त अभियान अन्तर्गत सरसफाइ अभियानकर्तालाई बोटविरुवा संरक्षणका लागि एकहप्तासम्म परिचालन गरिएको समाजका कार्यकारी व्यवस्थापक विवेककुमार शाहीले जानकारी दिए । उनले नगरका विभिन्न क्षेत्रमा रोपिएका विरुवाहरू मरेको खण्डमा रातो रिबन लगाउने र अर्कोपटक उक्त स्थानमा नयाँ विरुवासमेत रोम्ने कार्यक्रम रहेको जनाए ।

विरुवाको गोडमेल र मलपानीसमेत यही अभियानका क्रममा स्वयम्सेवकहरूले गर्नेछन् । ‘विरुवा रोप्नु मात्रै ठूलो कुरा होइन’ उनले भने ‘रोपिएका विरुवा जोगाउनु महŒवपूर्ण कुरा हो ।’ नगरमा विभिन्न समयमा रोपिएका विरुवाहरू जोगाउने कुरामा अन्तर्रनिर्भर समाजले स्वयम्सेवक परिचालन गरेको उनले बताए ।

प्रकाशित मितिः   १५ माघ २०७८, शनिबार ०५:०१