माघ मसान्तसम्म विद्यालय बन्द रहने
काठमाडौं – कोरोना संक्रमणको जोखिम बढेपछि बन्द गरिएका शैक्षिक संस्था माघ मसान्तसम्मै बन्द रहने भएका छन् । कोरोना भाइरसको जोखिम कायमै रहेको भन्दै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
विद्यालयहरुलाई वैकल्पिक माध्यमबाट पठनपाठन गराउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।उनका अनुसार परीक्षाहरु भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ ।
प्रकाशित मितिः १४ माघ २०७८, शुक्रबार १८:५१
साझा बिसौनी ।