कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
सुर्खेत – राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा कर्णाली प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बुधवार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार रिक्त रहेका तीन वटै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
नेकपा(माओवादी केन्द्र)का नरबहादुर विष्ट, नेपाली कांग्रेसका दुर्गाकुमारी गुरुङ र नेकपा (एकीकृत समाजवादी)का उदय बोहोरा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।
तीन पदमा कांग्रेस, माओवादी र समाजवादीले गठबन्धन बनाएर उम्मेदवारी दिएका थिए भने नेकपा (एमाले)ले एकल उम्मेदवारी दिएको थियो ।
एमालेले गंगा थापा महत, चुडामणि शर्मा र पदमबहादुर माझीलाई उम्मेदवार बनाएको थियो ।
प्रकाशित मितिः १२ माघ २०७८, बुधबार १८:०४
साझा बिसौनी ।