निरन्तर ओरालो लाग्दै नेप्से
काठमाडौं- साताको चौथौ दिन पनि सेयर बजारमा कारोबार घटेको छ । यो साताको सुरुवातदेखि नै कारोबार निरन्तर ओरालो लागिरहेको छ । आज पुँजीबजार मापक परिसूचक (नेप्से) ३८.८२ अंकले घटेर २७७६.६५ बिन्दुमा झरेको छ।
ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ६.५६ अंकले घटेको छ । सेयर बजारमा परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ । आइतवार आठ अर्ब रुपैयाँभन्दा माथि पुगेको कारोबार रकम बुधवार चार अर्ब रुपैयाँमा खुम्चिएको छ ।
यसअघि मंगलवार पाँच अर्बभन्दा माथिको सेयर कारोबार भएकोमा बुधवार (आज) चार अर्ब ३१ करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको हो। यस दिन ९३ लाख ५८ हजार ७०० कित्ता सेयर किन-बेच भएका छन् ।
कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.४२ प्रतिशतले घटेको छ।
प्रकाशित मितिः १२ माघ २०७८, बुधबार १८:१४
साझा बिसौनी ।