दश हजार संक्रमित थपिए

सोमवार देशभर १० हजार बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २१ हजार दुई सय एकजनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार तीन सय १९ जनामा संक्रमण देखिएको हो ।

१६ हजार ६ सय ५४ जनामा पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ५४ र चार हजार पाँच सय ४७ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार दुई ुउ ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोहि अवधिमा दुई हजार पाँच सय ४० संक्रमित निको भएका छन् । योसँगै हालसम्म ८ लाख २४ हजार २ सय ३९ जना निको भएका छन् ।

प्रकाशित मितिः   १० माघ २०७८, सोमबार १७:०५