नेप्सेमा १०० अंकको गिरावट
शेयर बजार परिसूचक नेप्सेमा ठूलो गिरावट आएको छ । सोमवार १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा झरेको छ ।
बजार परिसूचकसँगै सबै उपसूचकमा गिरावट भएको छ । विकास बैंक वित्त कम्पनी र हाइड्रोपावर उपसूचक ४ प्रतिशत भन्दा बढीले गिरावट भएका छन् । बजार परिसूचकमा उच्च गिरावट भएपनि आज नेप्सेमा कारोबार रकम बढेर ८ अर्ब ८८ करोड ८५ लाखको कारोबार भएको छ ।
नेप्सेमा आज अपी पावरको ३८ करोड माथिको कारोबार हुँदा एनआईसी एसिया बैंकको करिब ३७ करोडको कारोबार भएको छ ।
आज नेप्सेमा १९१ कम्पनीको सेयर कारोबार हुँदा १८५ कम्पनीको सेयरमूल्य गिरावट भएको छ भने ६ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । यता कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.८२ प्रतिशतले गिरावट हुँदा माउन्टेन हाइड्रो नेपालको ७.७१ आशा लघुवित्तको ७.१० प्रतिशतले घटेको छ ।
प्रकाशित मितिः १० माघ २०७८, सोमबार १७:११
साझा बिसौनी ।