२८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि
नेपालमा २८ जना ओमिक्रोन भेरियन्ट संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा कोरोनाको नयाँ भेरियन्ट देखिएको हो ।
यसअघि दुई विदेशीसहित २६ जनामा ओमिक्रोन देखिएको थियो।
त्यसैगरी चार जनामा डेल्टा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मितिः ९ माघ २०७८, आईतवार १६:४७
साझा बिसौनी ।