देशभर ६ हजार संक्रमित थपिए
आइतवार देशभर ६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार १७ हजार चार सय ३७ जनाको कोभिड परीक्षण गरिएको थियो । जसमा ६ हजार चार सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै एक हजार चार सय १६ जना संक्रमणमुक्त भएका छन् ।
चार जनाको मृत्यु भएको छ । त्यसैगरी देशभर सक्रिय संक्रमित ७७ हजार ४० जना छन् ।
प्रकाशित मितिः ९ माघ २०७८, आईतवार १६:३९

साझा बिसौनी ।