साताको पहिलो दिन नेप्सेमा १० अंकको गिरावट
काठमाडौं- साताको पहिलो दिन आइतवार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचकमा १०.८३ अंकले गिरावट आएर २९२०.५१ अंकमा अडिएको छ ।
नेप्से घटेपनि बजारमा सात अर्ब तीन करोडको कारोबार भएको छ । कारोबार भएका एक सय ९१ कम्पनी मध्ये एक सय ३८ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । ४६ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा सात कम्पनीको स्थिर रहेको छ । बजारमा जीवन तथा निर्जीवन बिमा, अन्य, उत्पादनमुलकर म्युचुअल फन्डबाहेक सबै उपसूचक गिरावट भए ।
बैंकिङमा विकास बैंक, वित्त कम्पनी, हाइड्रोपावर, लघुवित्त लगायतको उपसूचकमा गिरावट हुँदा पनि नेपाल दुरसञ्चार कम्पनीको सेयरमूल्य ३.८४ प्रतिशतले वृद्धि हुँदा नेप्सेमा उच्च गिरावट भएन । नेप्सेमा नेपाल दुरसञ्चार कम्पनीकै सवार्धिक ३२ करोडको सेयर किनबेच भएको छ ।
प्रकाशित मितिः ९ माघ २०७८, आईतवार १६:२८
साझा बिसौनी ।