आईपीएल अक्सनमा १५ जना नेपाली क्रिकेटर

इन्डियन प्रिमियर लिग (आईपीएल)को मेगा अक्सनमा नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसहित १५ जनाको नाम दर्ता गराइएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

क्यानका अनुसार आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, आरिफ शेख, अविनाश बोहरा र बिनोद भण्डारीको नाम दर्ता गराइएको छ।

यस्तै, शरद भेषावकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेको नाम दर्ता सूचीमा छ ।

फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा अक्सन हुँदैछ ।

प्रकाशित मितिः   ८ माघ २०७८, शनिबार २०:५३