डिल स्मृति पत्रकारिता पुरस्कार वलीलाई
सुर्खेत – पत्रकार सिता वली ‘डिल स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत भएकी छिन् । प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतले स्व. पत्रकार डिलप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार बुधवार वलीलाई प्रदान गरिएको हो ।
नगद पाँच हजारसहित प्रमाणपत्रद्वारा वलीलाई पुरस्कृत गरिएको छ । चौतारीले हरेक वर्ष जिल्लामा क्रियाशील पत्रकारहरुमध्ये एक जनालाई उक्त पुरस्कार प्रदान गर्ने जनाइएको छ ।
बोनम्यारोसम्बन्धि उपचारका क्रममा शर्माको २०७६ कार्तिकमा निधन भएको थियो । उनकै सम्झनामा पुरस्कार स्थापना गरिएको हो । शर्मा साझा बिसौनी दैनिकमा कार्यरत थिए ।
यसैगरी बरिष्ठ पत्रकार पृथ्वीबहादुर सिंहलाई सम्मान गरिएको छ । बुधवार भएको चौतारीको छैटौँ जिल्ला अधिवेशनको अवसरमा सिंहलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
प्रकाशित मितिः ५ माघ २०७८, बुधबार १७:२६
साझा बिसौनी ।