प्रेस चौतारी सुर्खेतमा नयाँ नेतृत्व

सुर्खेत – प्रेस चौतारी नेपाल जिल्ला समिति सुर्खेतको नयाँ कार्यसमित चयन गरिएको छ । बुधवार वीरेन्द्रनगरमा भएको छैटौँ जिल्ला अधिवेशनबाट गोविन्द खत्रीको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा सीता वली र यसकुमार चपाईं, सचिवमा मुना हमाल, सह–सचिवमा दिनेश बुढा र यामबहादुर विक तथा कोषाध्यक्षमा अप्सरा विष्ट चयन भएका छन् ।

यस्तै सदस्यहरुमा राजकुमारी पौडेल, लक्ष्मी हमाल, सुरेश पौडेल, पार्वती बयक, तेजविक्रम तिवारी, मग्रिव बक्स, खुमलाल न्यौपाने, दिपक बराल, खगेन्द्र शाही, विक्रमकुमार विक, खगेन्द्र हमाल, कल्पना हमाल, नमराज उपाध्याय र अनिता विक चयन भएका छन् ।

निवर्तमान संयोजक दिपेन्द्र ओलीको अध्यक्षता एवम् नेकपा(एमाले) स्थायी कमिटी सदस्य यामलाल कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा एमालेका केन्द्रीय सदस्य नवराज रावत, मोहनमाया ढकाल, जिल्ला कमिटी अध्यक्ष अमृतबहादुर बिसी, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्षद्धय वीरबहादुर गिरी, टिका विष्ट, कर्णाली प्रदेश कमिटी अध्यक्ष प्रकाश अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मितिः   ५ माघ २०७८, बुधबार १८:४४