एमाले सुर्खेतको मतगणना चल्दै, बिसी प्यानलको अग्रता
सुर्खेत – नेकपा (एमाले) सुर्खेतको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । जारी मतगणनामा अमृतबहादुर बिसीको प्यानलले अग्रता लिएको छ । पदाधिकारीको एक सय ७० मत गणना हुँदा बिसीको समूहले अग्रता बनाएको हो ।
अध्यक्षमा बिसीले ९२ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार डण्डीप्रसाद शर्माले ७५ मत पाएका छन् ।
उपाध्यक्षमा १०९ मतसहित कुलमणी देवकोटाले अग्रता बनाउँदा उनका निकटम प्रतिद्धन्द्धी ऋषि गिरीले ५७ मत ल्याएका छन् ।
सचिवमा कविन्द्रकुमार केसीले १०५ र रेशम रानाले ५९ मत पाएका छन् ।
उपसचिवमा घनश्याम पाण्डेले एक सय मत ल्याउँदा बलबहादुर नेपालीले ९५, नेत्रलाल महताराले ६३ र टिकाराम सुवेदीले ५३ मत पाएका हुन् ।
मतगणना जारी छ ।
प्रकाशित मितिः २८ पुष २०७८, बुधबार ००:२५
साझा बिसौनी ।