कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलो पटक खुलायो विज्ञापन

सुर्खेत – कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलोपटक कर्मचारी पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले प्रदेश र स्थानीय तहका कर्मचारीको पदपूर्तिका लागि मंगलवार खुला तथा समावेशी प्रतियोगितात्मकतर्फ तीन सयभन्दा बढी पदका लागि लिखित परीक्षाको विज्ञापन गरेको हो ।

प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक र अप्राविधिकतर्फका विज्ञापन प्रकाशित गरेको हो । आयोगले अप्राविधिक पाँचौं तहको खुलातर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातीतर्फ ६ जनाका लागि विज्ञापन गरेको छ ।

त्यस्तै, प्राविधिकतर्फ सब–ईन्जिनियर ५७, कृषि प्राविधिक ६२, पशु प्राविधिक ३७, हेल्थ असिस्टेन्ट ३०, स्टाफ नर्स २३ जनाका लागि विज्ञापन आह्वान गरिएको छ ।

प्रकाशित मितिः   २७ पुष २०७८, मंगलवार २२:३८