एमालेको प्रदेश अधिवेशन सर्यो
नेकपा(एमाले)को प्रदेश अधिवेशन सारिएको छ । कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको जानकारी दिए । ‘कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का लागि सारिएको छ,’ अधिकारीले भने, ‘पार्टी केन्द्रले यस विषयमा निर्देशन जारी गरिसकेको छ ।’
अधिवेशन सार्नुको अर्को कारण कतिपय जिल्लामा अधिवेशन हुन नसकेको कारण समेत रहेको अधिकारीले बताए । मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मितिः २७ पुष २०७८, मंगलवार २२:२३
साझा बिसौनी ।