महाशिवरात्रीः आद्यात्मिक रहस्य

माधव तिमिल्सेना
सर्वधर्मका अनुयायीहरूले ईश्वरलाई एक ‘आत्मज्योर्तिमय सत्ता’ को रूपमा मान्दछन् । परमात्मा एक हुनुहुन्छ, न्यम क्ष्क इलभ। परमात्मा देहधारी नभइ ज्योति समान यादगारको रूपमा लिइन्छ । रामेश्वरम्, गोपेश्वरम्मा श्रीराम, श्रीकृष्णले शिवको आराधना गर्नु शंकरलाई ध्यानको अवस्थामा बसेको देखाइनुको साथै अमरनाथ,काशी विश्वनाथ, बबुलनाथ, सोमनाथ, पशुपतिनाथ, मुक्तिनाथ इत्यादिमा शिवकै प्रतिमा शिवलिङ्गका साथ गायन हुनु । यति मात्र होइन ईसा महिस (जिसस क्राइष्ट)ले न्यम क्ष्क ीष्नजत भन्नुु, मुस्लिम धर्ममा नूर–ए–इलाही एवम् मक्कामा ‘स“ग–ए–असवद्’ भनेर परमात्माको स्मरण हुनु, गौतम बुद्धलाई अनेक वर्षको तपस्या पश्चात् ज्योतिको साक्षात्कार भएपछि ज्ञानको प्रकाश शान्ति र अहिंसाको मार्ग खुलेको देखिन्छ । मिश्रम शिवलिङ्गको पुजन ‘ओसिरिस’ का रूपमा गरिनु, बेविलोनमा ‘शिअन’ भनेर शिवको महिमा गर्नु, यहुदिहरूले वेलफेगो अर्थात् बाल रूपमा शिवको ध्यान गर्छन् जुन भारत वर्षमा वालेश्वरका नामले पूजा हुने गर्दछ । सिक्ख धर्मका संस्थापक गुुरु नानकले ओंकार अकालेश्वर सत्नाम मान्नु, युनानमा शिवलिङ्गको नाम फल्लुस रहनु र वैल अर्थात् सांढेको मूर्ति समेत स्थापना गरिनु, पारसीहरूमा होली फायर अर्थात् प्रज्वलित पवित्र ज्योतिको मान्यता हुनु, जापानमा चिंकोनसी अर्थात् शान्तिका दाताका रूपमा तीन फुट अग्लो करनीको पवित्र पत्थरमा तीन फुट टाढा बसेर मन एकाग्र गर्ने अभ्यास गरिनुले ईश्वर एक भएको पुष्टि गर्दछ । ईश्वर, परमात्मा, अल्लाह, गड, भगवान् यी सबै शिवका पर्यायवाची नाम हुन् । परमात्मा शिव सर्व मनुष्य आत्मा, देवआत्मा धर्मात्माका माता पिता हुनुहुन्छ । विश्वका विभिन्न धर्मस्थापक एवम् मनुष्य आत्माहरूले शिवलाई परमसत्ताको अनेक नामले स्मरण गरेका छन् यसबाट उहाँको सार्वभौमिकता सिद्ध हुन्छ ।
शिवरात्री परमात्मा शिवको अवतरण, दिव्य जन्मको घटना हो । रात्रीको अर्थ अन्धकार हो । जब मानवको मानसिक क्षितिजमा घोर अँध्यारो फैलिएको हुन्छ विश्व श्रृष्टीचक्रको अन्त समयमा समाजमा मिथ्या अन्धविश्वासको बोलवाला हुन्छ, लाखैं धार्मिक व्यक्तिहरूको तर्क शक्तिमा शून्यता आउँछ । धर्मको ठेक्का हिन्दुमा पण्डितको कब्जामा, कुरान मूल्लाहको कब्जामा भइदिन्छ । भ्रष्टाचारले न केबल राजनैतिक, सामाजिक अपितु धार्मिक स्थल र उपवासका क्षेत्रमा समेत छोड्दैन । परिणाम स्वरूप अधिकांश मानिसहरू अनिश्वरवादी हुन पुग्छन् तथा अनैतिक जीवन बिताउन थाल्दछन् । एक धार्मिक सम्प्रदायले अर्को धार्मिक सम्प्रदायलाई, नास्तिकबाट आस्तिकलाई उत्पीडन सुरु हुन्छ । नैतिक मूल्य मान्यताहरूमा आएको विचलनले विधि विहीनता, अराजकता एवम् सम्भ्रमका ताण्डव नृत्य सुरु भइदिन्छ । जसलाई नै धर्मग्लानीको समय भनिन्छ जसको अर्थ हो नैतिक पतन, धार्मिक जीर्णता एवम् आद्यात्मिक कमजोरी । यस्तै विषम परिस्थितिमा दूषित प्रवृतिको समाप्ती, नयाँ उच्च आदर्श, समुन्नत विश्व नव निर्माणका खातिर सर्व आत्माहरूका पिता शिवले  प्रकृतिलाई वशमा पारेर एक वृद्ध मनुष्य तनमा परकाया प्रवेश गरी आद्यात्मिक पुनर्जन्म लिनु हुन्छ । गीतामा दिएको वचन अनुसार यदा–यदा ही धर्मस्य… परमात्मा शिवको अवतरण तब हुन्छ जब सारा विश्वमा घोर धर्म सङ्कट, कर्म भ्रष्टता हुन्छ, यस जगमा हाहाकार मच्चिएको हुन्छ । सबै नर नारीहरू निशाचर अर्थात् पतित बन्न पुग्दछन् ।  घोर कलियुगको अन्तिम अधर्मको पराकाष्टाको क्षण यस पृथ्वीमा जन जनमा दुःख हरेर सुख दिने पर्वको रूपमा शिवरात्रीलाई लिइन्छ ।
वैज्ञानिक भौतिक विश्वमा अनेकतामा एकता ल्याउन, विश्व वन्धुŒवको भावना जागृत गर्न, हत्या–हिंसा त्रासको भयावह अवस्थाको अन्त्य गर्न परम पवित्र सुख शान्ति आनन्द प्रेम, पतित पावन विन्दु स्वरूप ज्योतिमय, दिव्य दृष्टि विधाता गुणहरूका भण्डार, मनुष्य सृष्टिका विजरूप परम शिक्षक परम सद्गुरु, अकालमूर्त, दुखहर्ता सुखकर्ता ब्रम्हा विष्णु महेशका रचयिता त्रिमूर्ती सदा शिव (कल्याणकारी) ले आत्मा जागृत गरी मनुष्यलाई ज्ञानामृत तथा सरल राजयोगको शिक्षा दिने सृष्टि रूपी कल्पको अन्त समय पुरुषोत्तम संगमयुगको घटना नै शिवरात्री पर्व हो । आखिर हिन्दु, मुश्लिम, सिख, ईसाइ आपसमा सब भाइ–भाइ हामी मनुष्यात्माहरूको दुश्मन छ भने केवल हामी भित्रैको मनोविकारहरू–काम क्रोध लोभ मोह, अहंकार, इश्र्या, द्वैष, घृणा हुन भन्ने जागृति दिँदै परमात्मा शिव भन्नु हुन्छ, ‘मीठा प्यारा आत्मारूपी बच्चाहरू तिमी देह होइनौ, एक अविनाशी आत्मा हौ तिमीहरू मेरा सन्तान हौ म तिम्रो पारलौकिक पिता हुँ । राजयोगको शिक्षा म विना कसैले दिन सक्दैन यो बृहत नाट्यशालामा तिमीहरूले नाटक खेल्न शरीर धारण गर्दछौ, तर मेरो दिव्य अवतरण हुन्छ । म परमधामको निवासी हुँ ।’ शिवले नै मनुष्यात्मा भित्रको गुप्त महान् शक्तिलाई निकाल्ने भएकोले फलस्वरूप आत्माभित्र आत्मवल मनोवल जम्मा हुन्छ रोम रोममा प्यार गुञ्जयमान हुँदै जान्छ तसर्थ परमात्मा शिवको गायन छ, ‘सागर भन्दा गहिरो गगन भन्दा उचा शिवबाबाको प्यार महान्’ अति इन्द्रीय सुख राजयोगले प्रदान गर्दछ अनि दैहिक सुख सुविधा विलासिता मिथ्या लाग्न थाल्छ  तथापि जीवन सरल बन्दैै जान्छ । राजयोग एक जीवन जिउने पद्दति हो ।
भक्तहरूले जन्म जन्म दुध चढाउँदै आए परमात्माले यस समयमा अमर देवता समान बनाउन अमृतधारा बगाइरहनु भएको छ । ज्ञान प्रकाश हो ज्ञान विना सद्गती सम्भव छैन । भक्ति आराधना अर्चनाको फल ज्ञान मिल्दछ । मन्दिरमा गएर घण्टी बजाउँदै शिवलाई जगाउने असफल प्रयास गर्ने तथा स्वयम् अज्ञान घोर कुम्भकर्ण निन्द्रामा सुत्ने भक्तहरू अब स्वयम् शिव तिमीलाई जगाउँदै हुनुहुन्छ । हिरा समान भाग्य बनाउने सुनौलो अवसर हो यो वर्तमान समय । उपवास (निकट+रहनु) रही रातभर अनेक कष्ट गर्नुको साटो आत्मा स्वरूपमा रही परमात्माको यादले जन्म–जन्मको पाप समाप्त गर्ने सहज उपाय गर्नु उत्तम होला । विष भाङ्ग धतुरो शिवको मन्दिरमा चढाएर त्यसैलाई प्रसाद मानी सेवन गर्ने र अनेक कुकर्म गर्दै हिँड्ने भक्तहरूलाई शिवको सन्देश छ विषालु पदार्थको सेवन हैन दृढताका साथ दान दिएर ज्ञानामृत पान गरेमा जीवन धन्य र महान बन्नेछ । बेलका तीन पात चढाउनुको अर्थ हो परमात्मा शिव त्रिमूर्ती अर्थात् ब्रम्हा, विष्णु, शंकरका रचयिता हुन् भन्न खोजिएको हो । यर्थाथतालाई बुझ्ने प्रयास गर्नुको बदलामा स्वाद लिप्सा र देहअभिमानका कारण  जीवनलाई सदाचार  पावन बनाउनेतर्फ सचेत भएको नपाइनुको परिणाम दुनियाँको यो हविगत भएको हो ।
शिव शंकरलाई एउटै भनेर मान्नु ठूलो भूल भएको छ । अतः शिव शंकरमा भिन्नता छ । शिव रचयिता हुनुहुन्छ भने शंकर रचता । शंकरलाई महेश भनिन्छ भने शिवलाई महेश्वर । शंकर देहभारी देवता हुनुहुन्छ भने शिव ज्योतिस्वरूप निराकार । शंकर र शिवको अलग–अलग प्रतिमाले समेत दुवै एउटै नभएको पुष्टि गर्दछ । शंकररात्री नभनी शिवरात्री भनिनु शंकरले पनि कुनै शक्तिको ध्यान गरेको देखाउनु, सत्यम्, शिवम् सुन्दरम्को सट्टा सत्यम्, शंकरम्, सुन्दरम् भनेको नपाइनुले दुवै बीचको फरक भएको स्पष्ट हुन्छ । शिवलाई नै शंकर भनि मनुष्यहरूले परमात्मालाई साधारण मनुष्य झै प्रेमालिंगन गरेका, गौरी, पार्वती गंगासँग बैवाहिक सम्बन्ध राखेका प्रसंग जोड्दै घोर ग्लानी वा निन्दा एकातर्फ गरेका छन् भने अर्कोतिर धर्म शास्त्रका व्याख्याताहरू परमात्मा अभोक्ता अकर्ता निराकार हुनुहुन्छ भन्दै पनि आएका छन् । विन्दुरूप चैतन्य शिवलाई सर्वव्यापी मानेर देहअभिमानी मनुष्यले देह सम्बन्धी कर्मकाण्ड र सांसारिक कृयामा लिप्त देखाउँदै स्वयम् विषय विकारको  समुन्द्रमा गोता खान थाले साथसाथै भ्रष्ट पतित र कंगाल पनि बन्दै गए । परमात्मा शिवबाबाको एउटै मन्त्र छ, मन्मनाभवः मध्याजी भवः । ‘सर्वधर्म परित्यन्जम् मामेकम् शरण बज्र’ अर्थात् देह र देहका सर्व धर्म तथा सर्व सम्बन्ध तोडेर आत्मिक रूपमा रही ज्योतिस्वरूप परमात्माको याद गर भन्ने महावाक्यलाई चरितार्थ गर्ने उत्तम बेला हो यो । अब त्यही युग परिवर्तनको महा सन्धीकालमा हामी उभिएका छौं । शास्त्रोक्त कथाहरूमा खुशी हँुदै भावनामा वहकिदै अन्ध भक्तिले गलत नशापान र धार्मिक आडम्वरमा तथा परम्पराको आधारमा मात्र यो पर्व मनाउनुको कुनै औचित्य छैन । यो शिव दिवश मुक्ति दिवश हो, खुशीको नियुक्ति दिवश हो साथै शक्ति सञ्चयको भण्डार एवम् विकार विजयको युक्ति दिवश हो । सत्य ज्ञानको राज बुझेर दृढ सङ्कल्प, श्वास, समय सफल गरी हदका इच्छाहरूदेखि अलग रहँदै समर्थन शुभ भावना र महान दैवीगुण धारण गर्ने प्रण गरौं । शिवको कुनै शारीरिक अथवा सांसारिक रूप छैन, दिव्य एवम् आत्मिक रूप ज्योतिस्वरूप छ । अतः आत्मिक स्वरूपमा स्थित भएर अव्यक्त अवस्थाको अनुभूतिले परमात्मा समिपताको आभास गर्न सकिन्छ  यसबाट अभूतपूर्ण र अत्यन्त अनमोल सुख प्राप्त गर्न सकिन्छ जीवनको सच्चा सुख त आत्मा स्वरूपमा रहेर विदेही पिताको मधुर मिलनमा छ । यही हो सच्चा शिवरात्री ।
शिव भगवानुवाच  
हे आत्माहरू, मेरा स्नेही प्यारा बच्चाहरू, ‘अब स्वयम् आफूलाई चिन एवम् म अविनाशी पितालाई जान साथै यस कल्याणकारी पुरुषोत्तम संगमयुगको महŒवलाई बुझ । अनेक जन्मको भक्तिद्वारा तिमीहरूले मलाई याद ग¥यौ, पुका¥यौ त्यसैले म दुःख हर्ता सुखकर्ता, सर्वशक्तिवान सर्व आत्माहरूको पिता यस धरामा अवतरित भइसकेको छु । अब यस सुष्टिरूपी नाटकको अन्त्य अति समिप छ । अतः अव जागृत भएर जानमार्गलाई अपनाउँदै सतयुगी सुखमय राज्यको आफ्नो जन्म सिद्ध अधिकार प्राप्त गर । यही ईश्वरीय सत्य ज्ञान एवम् सहज राजयोगको विधि जानेर जीवन कमलपुष्ज समान न्यारा प्यारा एवम् पवित्र बन्नका लागि तैयार होउ ।’ याद राखैं अहिले नभए कहिल्यै हुँदैन । महाशिवरात्रिको सबैमा हार्दिक मंगलमय शुभकामना एवम् बधाई छ । ॐ शान्ति ।
लेखक ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयसँग सम्बन्धित छन् ।
प्रकाशित मितिः   २४ फाल्गुन २०७२, सोमबार ०७:५७