प्रधानमन्त्री कपमा कर्णालीको पहिलो जित

सुर्खेत : प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले पहिलो जित हात पारेको छ । मंगलवार प्रदेश नं. १ लाई ३१ रनले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । कर्णालीका लागि कप्तान रविन्द्रजंग शाहीले ३६ र प्रकाश जैसीले २५ रनको योगदान दिए ।

१ सय २१ रनको लक्ष्य पछ्याएको प्रदेश नं. १ ले १७.६ ओभर खेल्दा ८९ रन मात्र बनाउन सक्यो ।

कर्णालीका अनुज चुनाराले ४, दिवान पुनले २ तथा दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुँवरले १/१ विकेट लिए ।

यसअघि पहिलो खेलमा सोमवार कर्णाली त्रिभुवन आर्मीसँग पराजित भएको थियो

प्रकाशित मितिः   २७ पुष २०७८, मंगलवार १४:०७