एकैदिन दुई हजार संक्रमित थपिए

काठमाडौं – म‌ंगलवार एकैदिन दुई हजारभन्दा बढीमा कोभिड संक्रमण देखिएको छ । पन्ध्र हजार ३३ नमुनाको परीक्षण गर्दा दुई हजार चार सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोभिड १९ का सक्रिय संकमितको संख्या नौ हजार पाँच सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   २७ पुष २०७८, मंगलवार १७:४८