यस्तो बन्यो बिसी र शर्माको प्यानल

सुर्खेत – नेकपा(एमाले)सुर्खेतको नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । आइतवार साँझ उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । पाँच सदस्यीय पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षका लागि अमृतबहादुर बिसी र डण्डीप्रसाद शर्माले उम्मेदवारी दिएका छन् ।

बिसीको प्यानलबाट उपाध्यक्षमा कुलमणी देवकोटा, सचिवमा कविन्द्रकुमार केसी तथा उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली उम्मेदवार बनेका छन् ।

यसैगरी शर्माको प्यानलबाट उपाध्यक्षमा ऋषि गिरी, सचिवमा  रेशम राना तथा उपसचिवमा नेत्रलाल महतरा र टिकाराम सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।

उपसचिवमै चतुरभूज शाहीले पनि उम्मेदवारी दिएका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार भोलि दिउँसो १ बजेदेखि मतदान हुनेछ ।

प्रकाशित मितिः   २५ पुष २०७८, आईतवार १९:२७