सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नेपाली

सुर्खेत: सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पूर्णबहादुर नेपाली चयन भएका छन् । शनिवार सम्पन्न संस्थाको २०औं वार्षिक साधारणसभाले नेपालीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा दिपेन्द्र ढकाल, सचिवमा मिलन श्रेष्ठ र कोषाध्यक्षमा सुरेशबहादुर गौतम चयन भएका छन् भने सदस्यहरूमा इन्द्रबहादुर थापा, चन्द्राकुमारी खड्का, महेश्वर तिवारी, श्रीधर केसी, ध्रुवबहादुर शाही, नरबहादुर सुनार र चन्द्राकुमारी खड्का रहेका छन् । लेखा समिति संयोजकमा नगेन्द्र चौलागाइ तथा सदस्यहरूमा रामबहादुर सारु र शिवप्रसाद रेग्मी चयन भएका छन् ।

संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा ३६ करोड ८२ लाख ८८ हजार कारोबार गरेको छ भने आर्थिक वर्ष २०७८/०७९ का लागि ४६ करोड २२ लाख ६९ हजार प्रस्ताव गरिएको छ । कर्जा उपसमितिका संयोजक महेश्वर तिवारीले व्यावसायिक, कृषि तथा पशुपालन, घरायसी, खाता जमानी, औषधी उपचार र शैक्षिक क्षेत्रमा १३ करोड ४१ लाख ७४ हजार कर्जा प्रवाह गरेको जानकारी दिए । निवर्तमान अध्यक्ष गणेशकुमार बस्नेतको अध्यक्षता एवम् वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   २५ पुष २०७८, आईतवार ०५:०३